Madan Tamang

तेस्रो सूर्यगढी कप फुटबल प्रतियोगिता- २०८२ असोज ६ गतेदेखि सुरु

सुर्यगढी नुवाकोट | पर्यटकीय क्षेत्र ऐतिहासिक सूर्यगढी घुम्न जाऔं, फुटवल खेल हेरौं ।" भन्ने मुल नाराका साथ नेपालीहरूको महान चाड विजया दशमी तथा शुभ दीपावलीको अवसर पारेर नुवाकोटको सूर्यगढीमा तेस्रो सूर्यगढी कप तथा नुवाकोट जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता २०८२ असोज ६ गतेदेखि सुरु हुने भएको छ।

प्रतियोगिता सूर्यगढी–३, गैरीखर्क स्थीत सूर्यगढी खेल मैदानमा सञ्चालन हुनेछ। आयोजक सूर्यगढी नव युवा क्लबका अनुसार प्रतियोगिता असोज १३ गते सम्म सञ्चालन हुनेछ।
  • तपशिल:
  • टिम दर्ता मिती २०८२ भाद्र २५ देखि असोज ०३ सम्म
  • टाईसिट २०८२ असोज ५ गते
  • खेल शुरु हुने मिती २०८२ असोज ६ गते
  • खेल सम्पन्न मिती २०८२ असोज १३ गते
  • खेलाडी संख्या ९ जना अतिरिक्त खेलाडी सहित १४ जना
  • खेल हुने स्थान सूर्यगढी खेल मैदान, सुर्यगढी-३, गैरीखर्क
प्रतियोगिताको लागि टिम दर्ता भदौ २५ गतेदेखि असोज ३ गतेसम्म खुला गरिएको छ भने ड्र अफ असोज ५ गते सम्पन्न हुनेछ। प्रत्येक टिममा ९ जना अतिरिक्त खेलाडीसहित १४ जना सम्म सहभागी हुने व्यवस्था गरिएको छ ।

प्रथम विजेताले नगद रु. १ लाख ६६ हजार ६६६, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले रु. ८३ हजार ३३३, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। टिम दर्ता शुल्क कार्ड डिपोजिट सहित रु. १५ हजार तोकिएको छ ।
प्रतियोगिताको संयोजन जिल्ला खेलकुद विकास समिति नुवाकोट र जिल्ला फुटबल संघ (एन्फा) नुवाकोटले गर्नेछन् भने सूर्यगढी गाउँपालिका संरक्षणकर्ता रहनेछ ।

यस अघि प्रथम र दोस्रो २०८० र २०८१ सालमा सूर्यगढीमा वडा स्तरीय फुटबल कप प्रतियोगिता सफलता पुर्वक सम्पन्न भइसकेको थियो।


थप जानकारीका लागि सम्पर्क नम्बरहरु:

Previous Post Next Post