मेरो बारेमा

नमस्कार,

म सुनिता मोक्तान

म नुवाकोट जिल्ला, सुर्यगढी गाउँपालिका लच्याङ छापमा जन्मिएकी एक विद्यार्थी, ब्लगर, साहित्यिक रुचि भएकी र समाज सेवामा सक्रिय एक साधारण व्यक्ति हुँ।

म जीवनका हरेक पाटोमा केही नयाँ कुरा जान्न, बुझ्न, र अनुभव गर्न रुचि राख्ने व्यक्ति हुँ।


रुचि र सिर्जनात्मक यात्रा

मलाई साहित्य लेखन, नयाँ विषय अध्ययन, र अनुसन्धान गर्न अत्यन्तै मनपर्छ। सानैदेखि कलमसँगको मित्रता अझ प्रगाढ बनाउँदै, म आज पनि समय मिलेसम्म सिर्जना गर्ने र अनुभवहरू लेखेर बाँड्ने गर्छु।

सुनिता मोक्तान


यो वेबसाइट किन?

यो वेबसाइट मेरो सिर्जनाहरू, विचारहरू, र शिक्षण सामग्रीहरू सेयर गर्ने एक सानो प्रयास हो। मलाई लाग्छ, ज्ञान र भावना तब मात्र सार्थक हुन्छन् जब ती अरूसँग बाँडिन्छन्। यही सोचले यो डिजिटल यात्रा सुरु गरेकी हुँ।


प्रेरणाको स्रोत

मेरो जीवनमा अग्रज व्यक्तिहरू, शिक्षक–गुरुहरू, र विशेष मदन तामाङ सर मेरो प्रेरणाका आधार हुन्। उहाँहरूको मार्गदर्शनले मभित्रको सिर्जनशीलता र सामाजिक चेतनालाई उजागर गर्न सघाएको छ।


सामाजिक संलग्नता

म हाल बालबालिकाको हक र अधिकार हेर्ने संस्थामा सक्रिय रूपमा संलग्न छु। मलाई लाग्छ, बालबालिकाको उज्यालो भविष्य सुनिश्चित गर्नु हाम्रो साझा जिम्मेवारी हो।

"रुचि, संवेदना र सिर्जनाले भरिएको जीवन नै मेरो पहिचान हो।"